१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बेलायतबाट नेपाल आउने यात्रुको लागि सशर्त हवाई यात्रा अनुमति

बेलायतमा कोरोना भाइरसको नयाँ ‘भेरियेन्ट’ फेला परेपछि एक महिनाअघि नेपाल सरकारले लगाएको यात्रामा प्रतिबन्ध  हटेको छ।

लण्डनस्थित नेपाली दूतवासका अनुसार नेपाल सरकारको निर्णय अनुसार तत्कालै लागू हुने गरी ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको स्वास्थ्य सुरक्षा तथा क्वारेन्टिनसम्बन्धी आदेश, २०७७’   अनुरुप सो प्रतिबन्ध हटाईको हो।

दूतावासका अनुसार सरकारले बेलायतबाट नेपाल जाने सबै यात्रुहरुलाई सशर्त नेपाल जान दिने निर्णय गरेको हो।

बेलायतबाट नेपाल जाने यात्रुहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटलमा अनिवार्य रुपमा ५ दिन क्वारेन्टिन बस्नु पर्ने छ।  होटल क्वारेन्टिनमा बस्ने यात्रुले पाँच दिनपछि आफ्नै खर्चमा कोभिड(१९ परीक्षण गर्दा नतिजा नेगेटिभ आएमा थप पाँच दिन  होम क्वारेन्टिनमा रहेरमा   गन्तब्यमा जान सक्ने  छन्।

नेपाल जादा लण्डनस्थित विमानस्थलमा होटल बुकिङ्ग, ७२ घण्टाभित्रको पिसीआर टेष्ट रिपोट देखाउनु पर्ने छ। यस्तै यात्रुहरुले आफ्नो यात्राको विवरण लण्डनस्थित नेपाली राजदूतावासलाई अनिवार्यरुपमा जानकारी दिनु पर्ने छ।  गैरआवासीय नेपालीहरु तथा विदेशी नागरिकहरुले अनिवार्य रुपमा  दूतावासबाट भिसा लिई मात्र यात्रा गर्नुपर्ने  दूतावासले जनाएको छ।  दूतावासद्धारा विहीवार जारी विज्ञप्तिमा स्थल मार्गबाट यात्रुहरु नेपाल प्रवेश गर्न नपाउने प्रष्ट पारेको छ।

बेलायतस्थित ट्राभल्स कन्सोलका प्रमुख विराज भट्टले नेपाल जाने सबै यात्रुलाई अनिवार्य रुपमा सरकारले तोकेको मापदण्ड पुरा गरि विमानस्थल जान आग्रह गरेका छन्। उनले बेलायत सरकारद्धारा जारी  यात्रामा बिभिन्न शर्तहरु समेत पालन गर्नु पर्नेमा जोड दिए। बेलायत सरकारले आफ्ना नागरिकहरुलाई अत्यवश्यक बाहेक अन्य यात्रा गर्न प्रतिवन्ध लगाएको छ।

 

 

प्रकाशित: १६ माघ २०७७ ११:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App