नेकपाका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली लोकतन्त्र मास्न भष्मासुर र धन्धुकारी बनेर निस्केको बताएका छन् । बिहीबार साँझ विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै खनालले जनताको वलिदानबाट लोकतन्त्रस्थापना भए पनि त्यसलाई मास्न इतिहाँसका विभिन्न कालखण्डमा धन्धुकारी र भष्मासुरहरू लाग्ने गरेको बताए ।
उनले पहिले राजा महेन्द्र, राजा ज्ञानेन्द्र लोकतन्त्र मास्न लागेको र अहिले आएर ओली भष्मासुर र धन्धुकारी बनेर लागेको दाबी गरे । ‘इतिहासको कालखण्डमा लोकतन्त्र मास्न भष्मासुर र धन्धुकारीहरू आउने गरेका छन् । पहिले राजा महेन्द्र र ज्ञानेन्द्र आए । अहिले ओली आएका छन्’, उनले भने । उनले वेला बखत देखा पर्ने धन्धुकारी र भष्मासुरले नेपाली जनातले स्थापना गरेको लोकतन्त्र मास्न नसक्ने स्पष्ट पारे । खनालले लोकतत्र जोखाउन जनता सडकमा आइसकेको बताए । उनले भने, ‘लोकतन्त्र जोगाउन जनता सडकमा आइसकेका छन् ।’
खनालले संविधान जोगाउन संसदको पुनस्थापना अनिवार्य भएको बताए । नेकपा आफूहरूसंगै रहेकाले अहिलेसम्म दाबी नगरेपनि आवश्यकता परे दाबी गर्ने खनालले बताए । उनले तत्काल पार्टी एकताको कुनै संभावना नरहेको स्पष्ट पारे।
प्रकाशित: १५ माघ २०७७ १३:५४ बिहीबार





