५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बैठक नयाँ दिल्लीमा सुरु

क्याप्शन

नेपाल र भारतका परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठक सुरु भएको छ। नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा शुक्रबार बिहान साढे ११ बजेबाट संयुक्त आयोगको बैठक सुरु भएको हो। बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरले संयुक्त रुपमा गरेका छन्।

बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, व्यापार, ऊर्जा तथा जलस्रोत, पारवहन, कृषि, पर्यटन, कोभिड–१९ सहकार्य लगायतका विषयमा छलफल हुनेछ। बैठकमा नेपाल–भारत सीमाका सम्बन्धमा पनि छलफल हुने सम्भावना छ।  

बिहीबार नयाँ दिल्ली गएका परराष्ट्रमन्त्री ज्ञवाली संयुक्त आयोगको बैठकमा सहभागी भएर शनिबार स्वदेश फर्किने कार्यक्रम कार्यक्रम रहेको छ।

प्रकाशित: २ माघ २०७७ ०६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App