१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

केपी ओली कमरेड होइन, तानाशाही हो : अष्टलक्ष्मी शाक्य

फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाही शासकको संज्ञा दिएकी छन्। काठमाडौं जिल्ला कमिटीले प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ शाक्यले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर तानाशाही बाटो रोजेको बताएकी हुन्।

उनले ओली अब कम्युनिस्ट नरहेको समेत दाबी गरिन्। ‘केपी ओली कमरेड होइन, अब उहाँ प्रतिगमनकारी हो, तानाशाही हो, स्वेच्छाचारी हो,’ उनले भनिन्,‘उहाँले गणतन्त्रमाथि धावा बोल्नुभएको छ। हामीले दुःख गरेर ल्याएको संविधानमाथि उहाँले धावा बोल्नुभयो। त्यस्तो व्यक्तिलाई हामीले किन कमरेड भन्ने?’

प्रचण्ड–नेपाल समूहकी बागमती प्रदेश कमिटी इन्चार्ज समेत रहेकी नेतृ शाक्यले प्रधानमन्त्री ओेलीको प्रतिगमनलाई रोक्न सडक आन्दोलनलाई सशक्त बनाउनुपर्नेमा जोड दिइन्। उनले ओलीलाई पराजित गर्न काठमाडौंको आन्दोलन निर्णायक हुने समेत दाबी गरिन्। ‘काठमाडौं तातेपछि आन्दोलन निर्णायक मोडमा पुग्छ। ०६२÷०६३ मा तातेको काठमाडौं तात्दैछ, काठमाडौं कि तात्दै–तात्दैन तातिसकेपछि सेलाउँदै सेलाउँदैन,’ उनले भनिन्।

प्रकाशित: २९ पुस २०७७ ०८:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App