२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रचण्ड– माधव समूहले प्रदेश इन्चार्जबाट हटायो पोखरेल र गुरुङलाई

नेकपा (प्रचण्ड– माधव) समूहले पृथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई प्रदेश इन्चार्जबाट हटाएको छ।  समूहका अध्यक्ष माधव नेपालको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले पार्टीको गण्डकी प्रदेश इन्चार्ज गुरुङ र लुम्विनी प्रदेश इन्चार्ज पोखरेललाई हटाउने निर्णय गरेको हो।

पेरिसडाडाँमा बसेको बैठकले गण्डकीमा देवेन्द्र पौडेल र लम्विनीमा युवराज ज्ञवालीलाई इन्चार्जको जिम्मेवारी दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगै नेकपा दुई खेमामा छ। दुई समूहले आफ्ना नेता नरहेका स्थानमा एक अर्कालाई हटाइरहेका छ।

 

 

प्रकाशित: २० पुस २०७७ १२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App