२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

सर्लाहीमा ५ घण्टामा खस्यो ४२ हजार मत

सर्लाहीमा बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म ४२ हजार मत खसेको छ।

दिउँसो १२ बजेसम्मको तथ्यांकअनुसार जिल्लाभर कुल ४२ हजार १ सय ६३ जनाले आफ्नो मताधिकार प्रयोग गरेका सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राइले बताए।

जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म २० हजार २ सय ७० जना महिला, २१ हजार ८ सय ९१ जना पुरुष तथा अन्य २ जना मतदाताले मतदान गरेका छन्। 

मतदान प्रक्रिया चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको देखिएको छ।

प्रकाशित: २१ फाल्गुन २०८२ १२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App