२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

राष्ट्रपति र उपराष्ट्रपति किन मतदानमा सहभागी भएनन्?

राष्ट्रपति र उपराष्ट्रपति प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आजको मतदानमा सहभागी भएका छैनन्। संविधानका संरक्षकका रूपमा तटस्थता कायम गर्दै उनीहरूले मतदान नगरेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेल संविधानको संरक्षक र राष्ट्रकै अभिभावक भएकाले मतदानमा सहभागी नहुने निर्णय गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। राष्ट्रपति पौडेलले यसअघिका गृह जिल्ला तनहुँ, व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए।

उपराष्ट्रपति रामसहायप्रसाद यादव पनि संवैधानिक तटस्थताका कारण मतदान प्रक्रियामा सहभागी नभएको प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए। उनले यसअघिका निर्वाचनमा बाराको बसबरीयास्थित मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए। रासस

प्रकाशित: २१ फाल्गुन २०८२ १४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App