५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सभामुखलाई संसद् बोलाउन जसपाको सुझाव

जसपाका दोस्रो तहका नेताहरू बाँडिए

फाइल फोटो

जनता समाजवादी पार्टीले प्रतिनिधिसभाको अधिवेशन बोलाउन सभामुख अग्नि सापकोटालाई सुझाव दिएका छन्। जसपाका नेताहरूले बिहीबार सभामुखलाई भेटेरै यस्तो सुझाव दिएका हुन्। प्रतिनिधिसभाको अधिबेशन बोलाउने सभामुखको अधिकार भएको भन्दै संविधानले नै सभामुखलाई यस्तो अधिकार दिएको उनीहरूको तर्क छ। प्रतिनिधिसभा अहिले पनि जीवित रहेको उनीहरूको भनाइ थियो।

संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूले सभामुखलाई भेटेका थिए। भेटमा सभामुखले दलहरूसँगको सल्लाहपछि आफूले कदम चाल्ने बताएको जसपाका नेता लक्ष्मणलाल कर्णले जनानकारी गराए।  

संसद् विघटनविरुद्ध जसपा आन्दोलनमा उत्रको बेला जसपाका दाश्रो तहका नेताहरू संसद् पुर्नस्थापना कि निर्वाचन भन्ने दुई समुहमा विभाजीत बनेका छन्। संसद् विघटनविरुद्ध बुधबार देशभर प्रर्दशन गरेपनि नेताहरू निर्वाचनबाट भाग्न नहुने पक्षमा उभिएका हुन्। जसपाका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्। उनीहरूले शुक्रबार देशभर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने र बिहीबार मसाल जुलुश निकाल्ने कार्यक्रम घोषणा तय गरेका छन्।

जसपाले संसद् विघटनको विरोध गरेको छ र विघटनको विरोधमा आन्दोलनको घोषणा गरेको हो। तर जसपाकै केही शीर्ष नेताहरू आन्दोलनबाट संसद् पुनस्र्थापना नहुने भन्दै पार्टी चुनावको तयारीमा जुट्नुपर्ने धारणा राखेका छन्। पार्टीले सुरु गरेको आन्दोलन संसद् पुनस्र्थापनाका लागि केन्द्रित गर्न नहुने उनीहरूको सुझाव छ। ‘आन्दोलनबाट संसद् पुर्नस्थापना हुन्न। संसद पुर्नस्थापना गर्ने/नगर्ने जिम्मा सर्बोच्चलाई छाडौं,’ जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य तथा तत्कालीन जनता समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष सर्बेन्द्रनाथ शुक्लले भने, ‘लोकतान्त्रिक पार्टी चुनावदेखि डराउनु हुन्न। अब चुनावको तयारी गर्नुपर्छ।’ संविधानमा देखिएको त्रुटि सच्याउन आन्दोलन गर्न उनले सुझाव दिए। ‘२०६२/६३ सालको परिस्थिति र अहिलेको परिस्थितिमा आकाश जमिन फरक छ। २०६२/६३ को आन्दोलने संसद् पुर्नस्थापना गरे झै अहिले संसद् पुर्नस्थापना हुन सक्दैन। त्यो बाटोमा हामी जानु पनि हुन्न ’शुक्लले भने, ‘त्यसैले  पुर्नस्थापना गर्ने/नगर्ने जिम्मा अदालतलाई छाडौं र हामी चुनावको तयारीमा जुटौँ।’

तर जसपाका अर्का नेता जितेन्द्र सोनारले संसद्पुर्नस्थापनालाई पार्टीले पहिलो अजेन्डा बनाएर आन्दोलन सुरु गरेको बताउँदै भने, ‘संसद् पुर्नस्थापनाको पहिलो अजेन्डा बनाएर आन्दोलन सुरु गरेका छौं। हामीले संसद् विघटन अलोकतान्त्रिक र असंवैधानिक कदम हो भनेका छौँ।’ संसद् पुर्नस्थापनाको अजेन्डाबाट पार्टी पछि हट्ने कुनै सम्भावना नभएको उनले प्रष्ट पारे।

तर जसपाका कार्यकारिणी सदस्य तथा तत्कालीन जनता समाजवादी पार्टीका महासचिव राजीव झाले संसद्पुर्नस्थापनामा नभई चुनावको तयारीमा पार्टी जुट्नुपर्ने बताए। उनले भने, ‘अब पार्टी चुनावको तयारीमा जुट्नुपर्छ। जनतालाई फेरि मूल्याकंन गर्न दिनु पर्छ’झो भने, ‘जनताले दिएको दुईतिहाइको म्याण्डेटको अवधि सकिएको छ। कम्युनिस्टले दुईतिहाइ पचाउन सक्दैनन भन्ने प्रष्ट देखिएको छ।’ संसद् विघटन अलोकतान्त्रिक र असवैधानिक कदम भए पनि पार्टी चुनावदेखि डराउन नहुने उनको धारणा छ। ‘किन चुनावदेखि डराउने? चुनावमा जाऔं। जनतालाई मूल्याकंन गर्न दिऔं,’ झाले भने। झाको विचारसँग जसपाका नेता मनिष सुमन सहमत छैनन।

‘केपी ओली सरकारले निरुकुंश र अलोकतान्त्रिक शैलीबाट संसद् विघटन गरेको छ,’ सुमनले भने, ‘त्यसैले संसद् पुनस्र्थापनाको माग राखेर पार्टीले आन्दोलन सुरु गरेको हो।’जसपाले देशव्यापी आन्दोलनमा उत्रन ७७ जिल्लाका कार्यकर्ताहरूले आव्हन गरेको छ। केन्द्रले गरेको आह्वानअनुसार तत्कालीन राजपा र जसपाका जिल्ला समितिहरूले बुधबार जिल्ला सदरमुकाममा प्रदर्शन गरेका छन्। केन्द्रले दिएको निर्देशनअनुसार बुधबार प्रदर्शन गरिएको तत्कालीन राजपाका केन्द्रीय सदस्य सवर प्रजापतिले जनाए। आन्दोलनको आन्तरिक तयारी गर्न बिहीबार पार्टीले बैठक बोलाएको छ।

प्रकाशित: १० पुस २०७७ ०१:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App