१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाललाई इमानहीन सत्ताको श्राप लागेको छ : रवीन्द्र मिश्र

रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेपाललाई ‘इमानहीन सत्ताको श्राप’ लागेको बताएका छन्।  

बिहीबार ट्विट गर्दै उनले आफूहरू ‘इमानसहितको सत्ता’का संघर्ष गरिरहेको पनि दाबी गरेका छन्।

‘इमानहीन सत्ता ‘श्राप’ हो। इमानसहितको सत्ता ‘धर्म’ हो। बाँकी सबै भ्रम हो,’ मिश्रले लेखेका छन्, ‘नेपाललाई दशकौंदेखि इमानहीन सत्ताको श्राप लागेको छ। हामी देशमा समावेशी सुशासन, समतामूलक समृद्धि र गौरवपूर्ण स्वाभिमान स्थापित गर्न ‘इमानसहितको सत्ता’का लागि संघर्षरत छौं। यात्रा कठिन छ तर लक्ष्यमा पुग्नेछौं।’

प्रकाशित: ९ पुस २०७७ ०९:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App