६ वैशाख २०८१ बिहीबार
राजनीति

परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदै

नेपाल र भारत सम्बन्ध अघि बढिसक्यो: जयशंकर

नेपाल र भारतबीच देखिएको सीमा विवाद सुल्झाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली छिट्टै भारत भ्रमणमा जाने भएका छन्। दुई देशबीचको सम्बन्धमा चिसोपना आएको भन्दै सरकारको आलोचना भइरहेका बेला परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा निस्कन लागेका हुन्। मन्त्री ज्ञवालीले छिट्टै गर्ने भ्रमणका क्रममा नेपालभारबीच देखिएको सीमा विवादका विषयमा छलफल हुने बताइएको छ। पछिल्लो दुई महिनाको अवधिमा भारतका तर्फबाट गुप्तचर प्रमुख सामान्त गोयल, सेना प्रमुख मनोज मुकुन्द नरवाणे र पछिल्लो पटक विदेश सचिव हर्षवद्र्धन श्रींगला नेपाल भ्रमण गरेर फर्किसकेका छन्।

भारतीय विदेश मन्त्री डा. एस जयशंकरले पनि नेपाल भारत परस्पर सम्बन्ध अघि बढिसकेको बताएका छन्। बुधबार भारतीय पत्रिका ‘दी हिन्दु’लाई अन्तरवार्ता दिँदै उनले नेपाल र भारतबीचमा विगतमा विवाद भए पनि पछिल्ला केही सातायता दुई देशले आपसी सम्बन्धलाई अघि बढाउने निर्णय गरिसकेको बताएका छन्। उनलाई नेपालको संविधानका विषयमा दुई देशबीच विभाजित सम्बन्ध रहेको र यो वर्ष नेपालले आफ्नो नक्सामा भारतीय भूभाग समावेश गरेको भन्दै नेपाल आफ्नो निर्णयमा अडिक हुँदा पनि भारतीय अधिकारीहरु किन काठमाडौं भ्रमण गरिरहेका छन भनि प्रश्न सोधिएको थियो।

जवाफमा उनले भनेका छन्, ‘कुनै एउटा घटनालाई लिएर समग्र मूल्यांकन गर्नु हुँदैन। समस्या हुन्छन्। मलाई त्यस्ता कुनै छिमेकी देखाउनुहोस् जसको बीचमा विवाद नहोस्।’ उनले भारतका अधिकांश छिमेकी मुलुकमा आज प्रजातान्त्रिक व्यवस्था रहेको भन्दै उनले अरुको आफ्नै राजनीति रहेको र भारतको आफ्नै राजनीति रहेको बताएका छन्। उनले मुद्दाहरु हुने तर यसलाई कसरी व्यवस्थापन गरिन्छ र कसरी साझा बिन्दु खोजिन्छ भन्ने कुरा महत्वपूर्ण रहेको बताएका छन्।

प्रकाशित: १९ मंसिर २०७७ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App