५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

विष्णु पौडेललाई केक खुवाएर सुरु गरियाे नेकपा सचिवालय बैठक (तस्बिरहरू)

विष्णु पौडेललाई केक खुवाउँदै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली। थप तस्बिर तल। (सूर्य थापाको सामाजिक सञ्जालबाट)

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पार्टीका महासचिव विष्णु पौडेललाई केक खुवाएर सुरु गरिएको छ।  

मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक सुरु हुनुअघि पौडेलको जन्मदिन मनाइएको हो।  

नेकपाका एक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले महासचिव पौडेललाई जन्मदिनको शुभकामना दिँदै सचिवालय बैठक सुरु गरिएको जानकारी दिएका हुन्।  

यो पनि पढ्नुहोस्

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, ओली-प्रचण्ड आमनेसामने

त्यस क्रममा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल साथै वरिष्ठ नेताहरूले केक खुवाएर महासचिवलाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना दिएको थापाले जानकारी दिए।  

त्यस अवसरमा नेकपा उपध्यक्ष वामदेव गौतमले महासचिव पौडेललाई सय वर्ष बाँच्नुहोस् र राम्रो काम गर्नुहोस् भनेर शुभकामना दिएको थापाले जानकारी दिएका छन्।  

पौडेल आजबाट ६२ वर्षमा प्रवेश गरेका हुन्।  

सचिवालय बैठकमा उनलाई केक खुवाइएका तस्बिर प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।  

हेर्नुहाेस्  : 

प्रकाशित: १६ मंसिर २०७७ ०९:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App