५ वैशाख २०८१ बुधबार
राजनीति

चित्रबहादुर केसीको उपचार खर्च सरकारले ब्यहोर्ने

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ। केसी कोरोना संक्रमणबाट गम्भीर बिरामी छन्।  

बिहीबार सम्पन्न मन्त्रिपरिषद बैठकले केसीको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले बताए।

केही दिनदेखि निमोनिया ग्रस्त भएका केसीको स्वाब परीक्षण गर्दा मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो।

केसीको मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।

 

 

 

प्रकाशित: २७ कार्तिक २०७७ ०६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App