१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पार्टी विभाजनको कुरा गरे पनि अध्यक्ष ओलीको एउटा कुराचाहिँ सही छ : नेकपा प्रवक्ता श्रेष्ठ

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले फेरि एकपटक सामाजिक सञ्जालमार्फत पार्टी फुट्न नदिन नेतृत्व तहलाई आग्रह गरेका छन्।  

मंगलबार फेसबुकमा स्टाटस लेख्दै प्रवक्ता श्रेष्ठले पार्टी अलग–अलग गरौं भन्ने कुरा जुन पक्षबाट आएको भए पनि गलत भएको बताएका हुन्।  

यस सन्दर्भमा प्रवक्ता श्रेष्ठले कसैको नाम नलिए पनि वास्तवमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सल्लाहमै अलग-अलग हौं भनेर प्रस्ताव गरेका थिए। 

यो पनि पढ्नुहोस्

नेकपा एकतामा संकट, सल्लाहमै पार्टी फुटाउने ओलीको चेतावनी

त्यसैलाई संकेत गर्दै प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘सल्लाह गरेर पार्टी अलग–अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भए पनि सही होइन। तर त्यसमा अन्तर्निहित एउटा पक्ष अर्थात् व्यक्तिगत कटुतासहितको व्यक्तिगत विषय नबनाऔं भन्ने कुरा सही छ र त्यसलाई पार्टी विभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रूपले प्रयोग गरौं।’

‘तैं चुप मै चुप पनि नगरौं, तुम शेर तो हम सवा शेरझैं व्यक्तिगत झगडा तथा गालीगलौज पनि नगरौं,’ प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘पार्टी एकताको रक्षा गरौं। साथै पार्टीलाई अकर्मण्य बनाई विघटन एवं विसर्जनको दिशामा जान र भ्रष्ट पुँजीवादी पार्टी बन्न पनि नदिऔं।’ 

प्रवक्ता श्रेष्ठले लेखेको पूरा स्टाटस तल हेर्नुहोस् :

प्रवक्ता श्रेष्ठले यसअघि पनि सामाजिक सञ्जालमार्फत नै पार्टी विभाजन हुन नदिन नेतृत्व तहलाई अपिल गरेका थिए। 

 

यो पनि पढ्नुहोस्

पार्टी फुट कदापि उचित र सही हुन सक्दैन: नारायणकाजी श्रेष्ठ

 

यसैगरी उपप्रधानमन्त्रीसमेत रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले पनि सोमबार सामाजिक सञ्जालमार्फत पार्टी फुट्नबाट जोगाउन नेता/कार्यकर्तालाई आग्रह गरेका थिए। 

यो पनि पढ्नुहोस्

ईश्वर पोखरेलको अपिल : नेकपा फुट्नै लाग्यो, बचाऔं

प्रकाशित: १८ कार्तिक २०७७ ०७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App