१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाल अन्तर्राष्ट्रिय शक्तिको प्रतिस्पर्धास्थल बन्ने खतरा : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन्। उनले देशको स्वतन्त्रता/अस्तित्वबारे समयमै सचेत बन्न आग्रहसमेत गरेका छन्।  

ट्वीट गर्दै थापाले भारत र चीनसँगको संवन्धमा सत्तारूढ र प्रमुख प्रतिपक्ष दलको रणानीतिको आलोचना गरेका छन्। सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको अध्यक्ष थापाको भनाई छ।  

नेपालका लागि भारत र चीनसँगको सम्वन्धमा रणनीतिक सन्तुलन,समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो भन्दै उनले सत्तारूढ नेकपा र मुख्य विपक्षी कांग्रेसको गलत विदेश नीति तथा व्यवहारको आलोचना पनि गरेका छन्।  

 

प्रकाशित: १४ कार्तिक २०७७ ०६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App