१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रअ प्रमुख गोयलले प्रधानमन्त्रीलाई बुधबार बेलुका नै भेटेको पुष्टि

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले  प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन्।  

बुधबार दिउँसो काठमाडौं आएका उनले बुधबार बेलुका नै प्रधानमन्त्रीलाई भेटेका हुन्। प्रधानमन्त्री ओलीलाई भेट्न उनी सरकारी निवास बालुवाटार आएको प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले बताए।

भेटका क्रममा उनले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको उनले बताए।  

 

 

प्रकाशित: ६ कार्तिक २०७७ ०७:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App