'प्रधानमन्त्री फाल्न व्यवस्थापिका चाहिन्छ, तर देशमा व्यवस्थापिका संसद छैन,' उनले भने, 'कि जनताले की बाबुराम आफैले प्रधानमन्त्रीको कुर्ची छाड्न सक्छन्।' जनताको विद्रोह वा प्रधानमन्त्री भट्टराईकै स्वइच्छाले मात्र प्रधानमन्त्रीको कुर्ची छाड्न सकिने नेता पोखरेलको भनाइ थियो। देश गम्भिर अवस्थामा पुगेको भन्दै उनले देशलाई शुन्यतामा पुर्यातएर प्रधानमन्त्रीले राजीनामा दिन नहुने समेत बताए।
लामो समयसम्म पार्टीका लागि योगदान पुर्याशएका नेताले पार्टीको निर्णयको विरुद्धमा नउत्रिने भन्दै उनले प्रधानमन्त्रीबाट बाबुरामलाई फिर्ता बोलाउन पार्टी भित्र कुनै छलफल नभएको दाबी गरे। 'बाबुराम भट्टराईलाई सरकारबाट फिर्ता बोलाउने विषयमा पार्टीबाट कुनै निर्णय भएको छैन्,' उनले भने, 'म पनि पार्टीको थुपै बैठकमा सहभागी भएको छु, छलफल भएको भए मैले पनि थाहा पाउँथे।' एकिकृत नेकपा माओवादी इमान्दार दल भएकाले राष्ट्रिय राजनीति सहमति भए लगत्तै प्रधानमन्त्रीले राजीनामा दिने नेता पोख्रेलको तर्क थियो।
प्रकाशित: १८ पुस २०६९ ०५:३५ बुधबार





