१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

१३ सांसदले बुझाएनन् सम्पत्ति विवरण

प्रतिनिधिसभा र राष्ट्रिय सभाका १३ जना सांसदले संसद् सचिवालयले तोकेको समयभित्र आफ्नो वा आफ्नो परिवारको सम्पत्ति विवरण बुझाएका छैनन्। सम्पत्ति विवरण नबुझाउनेमा नेकपा र कांग्रेस सांसदको संख्या बढी छ।

 भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० बमोजिम सार्वजनिक पदमा रहेका व्यक्तिले हरेक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थाबमोजिम संघीय संसद् सचिवालयले गत भदौ २८ सम्म सांसदहरूको सम्पत्ति विवरण बुझाउने समय तोकेको थियो। 

जसमा मन्त्रीबाहेक सबै सांसदले संघीय संसद् सचिवालयमा सम्पत्ति विवरण बुझाउन भनिएको थियो। १३ जना सांसदमध्ये १२ जना सांसदले तोकिएको समयभित्र म्याद थप गरिदिन भन्दै ढिलो सम्पत्ति विवरण लिएर आएको संसद् सचिवालयले जनाएको छ। कोरोना भाइरसलाई कारण देखाउँदै म्याद थपको माग गरेपछि सचिवालयले ३० दिनको म्याद थप गर्ने तयारी गरेको जनाएको छ।

प्रकाशित: २९ आश्विन २०७७ ०२:४१ बिहीबार

सम्पत्ति विवरण सांसद