coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसका ५ सांसदले पार्टी ह्विप मानेनन्

राजधानी सम्बन्धी प्रस्तावमा भएको मतदानमा नेपाली कांग्रेसका ५ जना सांसदले पार्टी ह्विप विपरित सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गरे। असंवैधानिक रुपमा कार्यसूचिमै नराखी,राजनीतिक छलफल र सहमतीको समेत प्रयासै नगरी सरकारले प्रस्ताव ल्याएको भन्दै नेपाली कांग्रेसले सो प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको थियो।  

तर दाङ, बाँके र बर्दियाका ५ जना सांसदले  राजधानी दाङ राख्ने प्रस्तावका पक्षमा मत दिएका हुन्। भौगोलिक रुपमा प्रदेशका जनतालाई पायक पर्ने र आफुले प्रतिनिधित्व गर्ने क्षेत्रका जनताको जनभावना अनुरुप दाङ राजधानीकालागि मतदान गरेको ती सांसदको भनाई छ। दाङका डिल्ली चौधरी,शंकर गिरी र अर्जुन कुमार श्रेष्ठ, बर्दियाका भुवनेश्वर चौधरी र  बाँकेका याकुव अन्सारीले सरकारले ल्याउको दाङ राजधानीको पक्षमा भोट दिएका हुन्।  

राजधानी सम्बन्धी प्रस्तावमा जनमोर्चाका सांसद तारा जिसी,जनता समाजवादीका सन्तोष पाण्डे र कल्पना पाण्डेले भने मत नै दिएनन्।  

दाङ राजधानीका लागि कुल ८२ मत खसेको थियो। प्रस्तावको पक्षमा ६९ मत खस्दा त्यसको विपक्षमा जम्मा १३ मत खस्यो। प्रदेशमा कुल सांसद संख्या ८७ हो।  

 

 

प्रकाशित: २० आश्विन २०७७ १२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App