२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

मुस्ताङ निर्वाचन: मतदाता ३४, कर्मचारी १८

निर्वाचन आयोगले मुस्ताङको एक मतदान केन्द्रमा ३४ जना मतदाताका लागि १८जना कर्मचारी खटाएको छ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार मुस्ताङको बारागाउँ मुक्ति क्षेत्र गाउँपालिका–३स्थित समर आधारमुत विद्यालय मतदान केन्द्रमा ३४ जना मात्र मतदाता छन्। यसैगरी सोही गाउँपालिका–५ शान्ता गाउँस्थित हिमालय आधारभुत विद्यालयमा ३९ जना मात्र मतदाता रहेका छन्। ती दुबै मतदान केन्द्रमा १८/१८ जना कर्मचारी खटाइएको भण्डारीले बताए ।  

उनका अनुसर ती  दुबै मतदात केन्द्रमा ६/६ जना निर्वाचन कर्मचारी र सुरक्षाकर्मीसहित १८ जना कर्मचारी पठाइएको छ। अर्को मतदान केन्द्रमा पुग्न कम्तीमा ३/४ घण्टा हिड्नुपर्ने भएपछि उनीहरुका लागि छुट्टै मतदान केन्द्र राख्नु पर्ने बाध्यता भएको भण्डारीले बताए।

ती दुई स्थानमा पहिले देखि नै मतदान केन्द्र राख्ने गरिएको उनले बताए। ‘त्यस क्षेत्रमा मतदान केन्द्र गाभ्न राजनीतिक दलबीच सहमति हुन सकेन। त्यो पनि अर्को कारण हो’, उनले भने।

भण्डारीका अनुसार मुस्ताङ जिल्लाभरी ३९ वटा स्थायी र एउटा अस्थायी गरी ४० वटा मतदान केन्द्र छन भने मतदाताको संख्या ११ हजार ३सय ४८ रहेको छ।  

मुस्ताङमा सबेभन्दा बढी मतदाता रहेको जनहित मावि मतदान केन्द्रमा ८ सय ८९ मतदाता रहेको भण्डारीले बताए।

आयोगका अनुसार बिहीबार हुने प्रतिनिधि सभाको निर्वाचनको लागि काठमाडौं, झापा र रूपेन्देहीमा सबैभन्दा बढी मतपेटिका राखिएको छ। ती जिल्लामा आठ सय १७ देखि आठ सय ३३ वटा मतदान केन्द्र रहेका छन्। यसैगरी मनाङमा सबैभन्दा कम मतदान केन्द्र छन्। जहाँ ३४ वटा मात्र मतदान केन्द्र रहेका छन् ।  

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदान गर्न देशभर १० हजार नौ ६७ मतदानस्थल र  २३ हजार एक सय १२ मतदान केन्द्र निर्धारण गरिएको छ। यस निर्वाचनमा २०७९ सालमा निर्धारण गरिएका मतदानस्थलको संख्याभन्दा ७५ वटा बढी निर्धारण गरिएको छ।

प्रकाशित: २० फाल्गुन २०८२ १८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App