२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

रास्वपा महाधिवेशनमा तीन हजार ८४९ प्रतिनिधि (सूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज दिउँसो २ः०० बजेदेखि सुरु हुँदैछ।

सोमबार बिहान ८ः३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएको रास्वपाले जनाएको छ।

महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन्।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि प्रतिनिधिको उक्त सङ्ख्या निर्धारण भएको हो।

महाधिवेशनमा कोशीबाट ५५१, मधेश ५४०, बागमती ५०८, गण्डकीबाट ३५६, लुम्बिनीबाट ५२२, कर्णालीबाट ३१३ र सुदूरपश्चिमबाट ४०० प्रतिनिधिको टुङ्गो लागेको छ।

प्रकाशित: ९ असार २०८३ १२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App