१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

जसपा बैठक सुरु

जनता समाजवादी पार्टी (जसपा) को पहिलो संयुक्त बैठक बुधबारदेखि काठमाडौंमा सुरु भएको छ। तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच पार्टी एकीकरणपछि अहिलेसम्म संयुक्त बैठक बस्न सकेको थिएन।

कार्यकारिणी समितिको बैठकमा संगठनात्मक कार्य योजना, नेताहरूको कार्य विभाजन, तथा पार्टी समायोजनबारे छलफलका अजेन्डा राखिएको छ।

समितिका सदस्य विजय यादवले बिहीबारदेखि अजेन्डाबारेमा विस्तृत छलफल हुने बताए। ‘आज (बुधबार) परिचयात्मक कार्यक्रम भयो। अजेन्डाबारे बिहीबारदेखि विस्तृत छलफल हुनेछ,’ यादवले भने।

कार्यकारिणी समितिका सदस्यको कार्य विभाजनबारे पार्टीका नेता लक्ष्मणलाल कर्णले अवधारणा प्रस्ताव तयार गरेका छन्। उनको प्रस्तावबारे पनि बैठकमा छलफल हुने नेताहरूले जनाएका छन्। पार्टी अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले अहिलेसम्म पार्टीमा पदाधिकारी चयन गर्न सकेका छैनन्।

बैठक ललितपुरस्थित नेपाल कम्युनिस्ट पार्टीको तुलसीलाल स्मृति भवनमा सुरु भएको छ। भवनका लागि जसपाले दैनिक ४ हजार रुपैयाँको दरले भाडा बुझाएको छ। साउन २६ सम्म बैठक जारी रहने पार्टीका नेताहरूले जनाएका छन्। उनीहरूका अनुसार साउन २४ सम्म कार्यकारिणी समितिका सदस्यलाई प्रशिक्षण दिइने छ भने २५ र २६ गते कार्यकारिणी समितिको बैठक बोलाइएको छ।

प्रकाशित: २२ श्रावण २०७७ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App