७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य

चालु संसद अधिवेशन अन्त्य भएको छ। आज मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। यो सँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन अन्त्य गरेकी छन्।  संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रीपरिषदको असार १८ गतेको सिफारिसमा संघीय संसदको दुबै सदनको चालु अधिवेशन विहिबार ५ बजे देखि अन्त्य भएको राष्ट्रपतिद्वारा संसद सचिवालयमा प्रेसित पत्रमा उल्लेख छ। 

वैशाख २६ गतेबाट शुरु भएको संसदको यो अधिवेशनले एमसीसी सम्झौता अनुमोदन, नागरिकता र निजामती सेवासम्बन्धी विधेयक पारित गर्नुपर्ने थियो । तर सरकारले अचानक संसद अधिवेशन अन्त्य गरेपछि एमसीसी प्रकरण पनि धकेलिएको छ। 

प्रकाशित: १८ असार २०७७ ०८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App