१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सत्तारुढ सांसदले सोधे ‘भोकको उपचार खै सरकार !’

कोरोना त्रासका कारण लगातार जारी लकडाउन खोल्नुपर्ने आवाज प्रदेश १ को संसद्मा आवाज उठेको छ । सत्तारुढ नेकपाकै सांसदले लकडाउन तत्काल अन्त्य गरेर बढ्दो भोकको उपचारमा लाग्न सरकारसँग माग गरेका हुन् ।

‘रोग लागेकाहरुको त उपचार भइरहेको छ तर भोक लागेर मर्न लागेकाहरुको भोकको उपचार कतैबाट भएको छैन’, नेकपा सांसद विमल कार्कीले सोमबार शुन्य समयमा भने  ‘रोग लागेकाहरुको पनि उपचार गरौं । भोकले मर्न लागेकाहरुलाई पनि लकडाउन खोलेर खान पाउने अवस्था सिर्जना गरौं ।’ गरिखाने वर्गका लागि लकडाउन कहर सावित भएको उल्लेख गर्दै सुरक्षाका उपाय खोजेर यसको अन्त्य गर्न माग गरे ।

शुन्य समयमै बोल्दै काँग्रेस सांसद शेखरचन्द्र थापाले संसद्मा अरुलाई पोशाक अनिवार्यै गरे पनि मन्त्रीहरु जथाभावी पोशाकमा आउने भन्दै आपत्ति जनाए । ‘मन्त्रीहरु अरुभन्दा अलग्गै प्राणी हुन् ’, उनले सोधे ‘अन्यथा मन्त्रीहरुले पनि तोकेको पोशाकमा ध्यान दिनुपर्यो ।’ प्रदेश १ संसद्मा अहिले नीति तथा कार्यक्रम माथिको छलफल चलिरहेको छ ।  

 

 

प्रकाशित: २६ जेष्ठ २०७७ ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App