१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गाँउमुखी अर्थनीति आवश्यक : पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछि भोकमारी र बेरोजगारीबाट जोगाउन गाउँमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यक रहेको बताएका छन् । शनिबार आयाजित एक कार्यक्रममा नेता पौडेलले गाँउमुखी अर्थनीतिलाई अगाडि ल्याएर कोरोनाको संक्रमणमा गाँउ फर्केका नागरिकलाई गाँउमै रोजगारी र गाँउमै आम्दानीको व्यवस्था गर्न आवश्यक रहेको बताएका हुन् ।

नेता पौडेलले अब सहरमा उपलब्ध गराएका सुविधा गाँउमा पुर्याएर नागरिकको रोजगारी र आम्दानी गाँउमा नै पाउने अवस्थाको सिर्जना गरेमात्र अर्थतन्त्र जोगाउन सकिने बताए । उनले राज्यको भुगोलको पूर्नसंरचना भएपछि सामाजिक आर्थिक पुनःसंरचना हुन नसकेको बताए ।

पौडेलले सामाजिक रूपान्तरणका लागि भन्दै १७ हजार मान्छे मार्ने आन्दोलनको उदगम थलोमा जातीय विभेदका घटना हुनु दुर्भाग्यपूर्ण भएको बताए । राज्यको सामाजिक ‘पमा पनि पुनःसंरचना आवश्यक रहेको बताउँदै उनले राज्यको सामाजिक रूपान्तरण हुन नसकेका कारण रुकुमको चौरजहारी घटना घटेको बताए ।

पौडेलले मुलुकको राष्ट्रियताको संरक्षण प्रधानमन्त्री केपी ओलीको जस्तो खोक्रो नाराले सम्भव नहुने भन्दै राष्ट्रियताको संरक्षणका लागि छिमेकीसंग आँखामा आँखा जुँधाएर कुरा गर्न सक्ने क्षामता राख्नुपर्ने बताए ।

प्रकाशित: २५ जेष्ठ २०७७ ०१:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App