१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

'स्वास्थ्य आपतकाल' घोषणा गर्ने तयारीमा सरकार

पाँच दिनमै दोब्बर संख्यामा कोरोना संक्रमणमा वृद्धि भएसंगै नेपाल सरकारले स्वास्थ्य आपतकाल घोषणा गर्ने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  जनस्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेपछि मन्त्रिपरिषद हुँदै संसदमा पुग्नेछ।  ‘कहिले घोषणा गर्ने छलफल भइरहेको छ, निर्णय भएको छैन’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधवार नागरिकसित भने।  

जनस्वास्थ्य आपतकाल घोषणा भएपछि गम्भिर प्रकृतिका कोरोना संक्रमित विरामी अस्पतालमा र लक्षण विहिनहरु घरैमा या अन्यत्र बस्नु पर्नेछ।  बुधबार एक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अवको दश/पन्ध्र दिनमै कोभिड संक्रमितको संख्या १५ हजार पुग्ने स्थिति रहेको बताएका थिए। त्यस अनुसार सरकारले गम्भिर प्रकृतिका विरामीलाई लक्षित गरी भेन्टिलेटर जडान गर्ने तयारी समेत तिब्र  रुपमा गरिरहेको र सामान्य लक्षण र लक्षण विहिनलाई होम क्वारेनटाइन या अन्य आइशोलेशनमा राख्ने तयारी गरेको समेत जनाए।  ‘भारतवाट आउनु भएको नेपाली दाजु–भाई दिदी वहिनी अहिले पनि लाखौंको संख्यामा क्वारेनटाइनमा हुनु हुन्छ,यो हिसावले संक्रमण अझै बढ्ने देखिन्छ,त्यही अनुसार अव हामी उपचारको तयारी गरिरहेका छौं’ उनले भने।  

कोभिड – १९ हेल्थ इमरजेन्सी रेस्पोन्स प्लान अनुसार सकृय संक्रमण २ हजार नाघेपछि स्वास्थ्य आपतकाल घोषणा गर्ने नियम छ।  यही नियममा टेकेर सरकारले स्वास्य आपतकाल घोषणा गर्ने र कहिले गर्ने भन्ने विषयमा छलफल चलेको बताए।  ‘ढिलो चाँडो गर्नु पर्छ ,कहिले गर्ने भन्ने बारेमा निर्णय भएको छैन’स्वास्थ्य मन्त्रालय नीति तथा योजना प्रमुख डा. गुणराज लोहनीले विहिवार नागरिकसित भने।

प्रकाशित: २२ जेष्ठ २०७७ ०४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App