६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सुरक्षा फौज तैनाथ गर्न सुझाव

राष्ट्रिय उद्योग व्यापार महासंघले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा तत्काल नेपाली सुरक्षा फौज तैनाथ गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष शिव कट्टेल र महासचिव कमल बरालले मंगलबार संयुक्त विज्ञप्ति प्रकाशित गरी आफ्नो सम्पूर्ण भूभाग समेटिएको नक्सा बनाएकोमा सरकारलाई बधाई दिएको छ ।

लिम्पियाधुरासमेत नेपालको सम्पूर्ण भू–भाग समेटिएको नेपालको नयाँ नक्सा तुरुन्त प्रकाशित गरी विश्व समुदायसमक्ष नेपाली भूमि दाबी गर्न, भारतद्वारा खोलिएको बाटोमा तत्काल नेपाली सुरक्षा फौज तैनाथ गर्न सुझाइएको छ । त्यस्तै सूूर्यनाथ उपाध्याय अध्ययन समितिको प्रतिवेदनलाई यथाशीघ्र सार्वजनिक गर्न, त्यसको अध्ययन गरी थप सामग्री आवश्यक देखिए खोजेर उत्तर–पश्चिम सीमासम्बन्धी श्वेतपत्र जारी गर्न, भारतसँग तुरुन्त दुईपक्षीय वार्ता गर्न पनि भनिएको छ ।

प्रकाशित: ७ जेष्ठ २०७७ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App