१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भारतबाट अतिक्रमित नेपाली भूमि फिर्ता गराउन माग

प्रजिअ शालिग्राम शर्मा पौडेल (दायाँ)लाई ज्ञापनपत्र बुझाउँदै समाजवादीका जिल्ला अध्यक्ष टंकबहादुर थापा । तस्बिर : नागरिक

खोटाङ– समाजवादी पार्टी खोटाङले भारतबाट अतिक्रमित नेपाली भूमि फिर्ता गराउनका लागि पहल कदमी लिन नेपाल सरकार समक्ष माग गरेका छन् । बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै समाजवादी पार्टीले नेपाली भूमि लिपुलेक क्षेत्रमा सडक निर्माणकाक्रममा भारतबाट अतिक्रमण भएको भूमि यथाशिघ्र फिर्ताका लागि पहल गर्न माग गरेको हो ।  

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रबाट भारतीय सैनिक क्याम्प हटाएर अतिक्रमणमा परेको नेपाली भूमि फिर्ताका लागि पहल गर्न प्रधानमन्त्री समक्ष माग राखिएको समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापाले बताए । प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलमार्फत पठाइएको ज्ञापनपत्रमा सुगौली सन्धी लगायतका प्रमाणका आधारमा सीमा समस्या समाधान गर्न राष्ट्र संघ र अन्र्तराष्ट्रिय अदालतमा जान ध्यानाकर्षण गराइएको छ ।  

महाकाली सन्धी लगायतका असमान सन्धी सम्झौताहरु खारेज गरी समानताका आधारमा नयाँ सन्धी सम्झौता गर्न समाजवादी पार्टीले आग्रह गरेको छ । ‘सडक निर्माणको अवधिमा नेपाल सरकार मौन रहनु र सडक निर्माणपछि मात्र सामान्य चासो देखाउनुले नेपालका प्रधानमन्त्री र नेपाल सरकारको उदासिनता र मौनता उदांगो भएको छ । यस किसिमको प्रवृत्तिको अन्त्या हुनुपर्छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारत सरकारले सैनिक क्याम्प राखेको अवस्थामा नेपाल सरकारले उचित कदम नचालेको हुनाले पटक–पटक सिमा मिच्ने काम भइरहेको छ । यसर्थ नेपाली सीमाभित्र रहेको भारतीय सैनिक क्याम्प यथाशिघ्र हटाउन माग गर्दछौँ ।’  

पद्मा अर्यालको राजीनामा माग 
लिपुलेकमा भारतले सडक निर्माण गरेर नेपाली भूमि मिचिरहेको बेला गैर–जिम्मेवार अभिव्यक्ती दिएको भन्दै समाजवादी पार्टीले भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको राजीनामा माग गरेको छ । नेपाली भूमि मिचिरहँदा नेपाल सरकारका भूमी व्यवस्था मन्त्री अर्यालको गैर–जिम्मेवार अभिव्यक्तीले मर्माहत बनाएको भन्दै समाजवादीले अर्याललाई मन्त्री तथा सांसदबाट तुरुन्त बर्खास्त माग गरेको हो । सम्पूर्ण देशभक्तीपूर्ण नेपाली भावनाको उच्च कदर गर्दै यथाशिघ्र सीमा समस्याको दीर्घकालिन समाधानका लागि पहलकदमी लिन ज्ञापनपत्रमा माग गरिएको छ ।  

 

 

 

प्रकाशित: १ जेष्ठ २०७७ १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App