७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसको दोस्रो चरणको जागरण अभियान भोलिबाट, देउवा सुनसरी र शशांकले मकवानपुरमा सम्बाेधन गर्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भोलि मंगलबारबाट सुरु हुने भएको छ। 

जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका अवसरमा भोलि प्रारम्भ हुने हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरणको दोस्रो चरणको अभियानको कार्यक्रम अन्तर्गत कांग्रेसका केन्द्रीय पदाधिकारीहरुले विभिन्न जिल्लामा सम्बोधन गर्ने भएका छन्। 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवा र उपसभापति विजयकुमार गच्छदारले सुनसरीमा सम्बोधन गर्नेछन्।

त्यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले कास्की, उपसभापति विमलेन्द्र निधिले धनुषा, महामन्त्री डा. शशांक कोइरालाले मकवानपुर, अर्का महामन्त्री पूर्णबहादुर खड्काले भक्तपुर र कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री प्रकाशशरण महतले काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्। 

प्रकाशित: २३ भाद्र २०७६ १६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App