१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘तिनै तहका सरकार आ–आफ्नै सुरमा छन्, एक्ला एक्लै हिँडेर कहीँ पुगिन्न’

दुलेगौँडा(तनहुँ)- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीनै तहका सरकारको तालमेल नमिलेको बताएका छन्। ‘एक्ला एक्लै हिँडेर कहीँ पुगिन्न। जात्रामा जाने मान्छेको जस्तो ताल छ’, उनले भने, ‘तीन तहका सरकारको लक्ष्य एउटै हुन सकेको छैन्, आ–आफ्नै सुरुमा छन्। आफ्नै तालमा हिड्न खोजेको देखिन्छ।’ उनले विकासका लागि तीन तहका सरकारले एउटै लक्ष्य निर्धारण गर्नुपर्ने आवश्यकता औल्याए।

केपी ओली नेतृत्वको सरकार डुंगामा अगाडि बसेर लक्ष्य फेला पार्न हिडेँको छ। सात जना मुख्यमन्त्रीहरु पछिपछि लाम लागेका छन्। पछाडिपट्टी स्थानीय तहका सरकार प्रमुखहरु छन्। डुंगा डुब्यो भने केपी ओली मात्र डुब्ने हैन। डुंगामा सवार सबै जना डुब्छौँ, तसर्थ तीनै तहले एकै खालका योजना बनाउन जरुरी छ।

शुक्लागण्डकी नगरपालिकाको पाँचौँ नगरसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘केपी ओली नेतृत्वको सरकार डुंगामा अगाडि बसेर लक्ष्य फेला पार्न हिडेँको छ। सात जना मुख्यमन्त्रीहरु पछिपछि लाम लागेका छन्। पछाडिपट्टी स्थानीय तहका सरकार प्रमुखहरु छन्। डुंगा डुब्यो भने केपी ओली मात्र डुब्ने हैन। डुंगामा सवार सबै जना डुब्छौँ, तसर्थ तीनै तहले एकै खालका योजना बनाउन जरुरी छ।’

मुख्यमन्त्री गुरुङले संघीय सरकारले तयार पारेको आधारपत्रको १५औँ पञ्चबर्षीय योजनाको खाकालाई सहयोग पुग्नेगरी प्रदेश र स्थानीय तहले आवधिक, पञ्चबर्षीय तथा मध्यकालिन र दीर्घकालिन योजना बनाउनुपर्ने बताए। ‘संघ, प्रदेश र स्थानीय तहको होस्टेमा हैसे मिल्न सके मुलुक जुरुक्कै उठ्छ’, उनले दाबी गरे।

विकास निर्माणका काममा उपभोक्ता समितिलाई समावेशी बनाउनुपर्ने उनको सुझाव छ। ‘भेगीय, लैंगिक र उमेरको समावेशी हुनुपर्छ। तर, हामीकहाँ त पार्टीको समावेशी खोज्छौं', उनले भने। गुरूङले संस्थागत सुदृिढकरण नभए सुशासन कायम नहुने बताए।

उनले मुलुकमा संघीय शासन प्रणाली स्थापित भइसक्दा समेत पञ्चायत शैलीमा परिर्वतन आउन नसकेको बताए। ‘हात्ती र हात्तीछाप चप्पल उस्तै भनेजस्तै पञ्चायतको कार्यशैली र अहिलेको कार्यशैली दुरुस्तै छ। यसलाई बदल्न नसके विकास सम्भव छैन्’, उनले भने।

प्रकाशित: ९ असार २०७६ १२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App