coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

९ नम्बरलाई ६९ बनाएर स्वर्णपदक दिने संस्कृति कस्तो हो ?

काठमाडौं - कम नम्बर ल्याउनेलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा नम्बर थपेर स्वर्णपदक दिइएकोप्रति संसद्मा आपत्ति जनाइएको छ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा  सांसद अग्निप्रसाद सापकोटाले विकृति र विसङ्गतिको थलोका रुपमा शिक्षण संस्था विकसित हुन लागेकामा चिन्ता प्रकट गरे।

त्रिभुवन विश्वविद्यालयका बारेमा आजै छापामा आएको समाचारतर्फ सदनको ध्यानाकषर्ण गराउँदै उनले नौ नम्बर आउनेलाई अघि ६ थपी ६९ बनाएर स्वर्णपदक दिने संस्कृति कस्तो हो ? भन्दै प्रश्न गरे।

“भूमाफिया र बिचौलियाले सबैलाई नियन्त्रणमा लिनसक्छन्, त्रिभुवन विश्वविद्यालयको घटना यस्तै प्रकृतिको हो, यसलाई तोड्नुपर्छ नत्र विकास र समृद्धि कागजमै सीमित हुन्छ, यो गम्भीर विषयमा म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पनि ध्यानाकर्षण गराउँछु”–सांसद सापकोटाले भने।
 

प्रकाशित: ९ असार २०७६ ०७:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App