१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

दमननाथ ढुुंगाना भन्छन्- 'म वैकल्पिक राजनीतिक शक्तिको पक्षमा छुु'

काठमाडाैं- डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी एकीकरणको घोषणा सभामा पूर्वसभामुख तथा नेपाली कांग्रेसका नेता दमननाथ ढुंगानाको उपस्थिति अधिकांश न्यूज पोर्टलका लागि समाचारको विषय बन्यो। एकीकरण घोषणा गर्दै नयाँ शक्ति र संघीय समाजवादी दलका नेताहरुले लामवद्ध भएर हात उठाउँदै गर्दा ढुंगाना पनि कुनै विजेताले झै हात उठाइरहेका थिए। लाग्थ्यो, उनी पनि नवोदित समाजवादी पार्टीका एक नेता हुन्।

तर, ढुंगाना उक्त कार्यक्रममा अथितिका रुपमा मञ्चमा थिए। ‘सबैले हात उठाए र उठाऔं भने मैले पनि उठाइदिएँ’, उनले नागरिकज्यूजसँगको कुराकानीमा भने, ‘अहिलेसम्म म कांग्रेस नै हुुँ। तर म व्यक्तिगत रुपमा कांग्रेस, कम्युनिष्ट बाहेकको बैकल्पिक राजनीतिक शक्ति चाहिन्छ भन्ने मान्यता बोक्छुु।’

ढुंगानाले समाजवादी पार्टीमा प्रवेश गरेको नबताए पनि सैद्धान्तिक रुपमा यसखाले पार्टीको आवश्यकताबोध हुने गरेको नागरिकज्यूजसँग प्रस्टै बताए। ‘अहिले हिमाल, पहाड, मधेश सबैखाले क्षेत्र, वर्ग प्रतिविम्बित हुने पार्टीको आवश्यकता छ’, उनले भने। कतै तपाई यो नयाँ पार्टीमा आवद्ध हुने सोच त बनाइरहनुु भएको छैन? नागरिक न्जूजकर्मीको प्रश्नमा उनले जवाफ फर्काए, ‘यतिबेला नेपालमा पार्टीको दुःख छैन्। जान चाहँदा जति पनि पार्टी छन्।’ तस्बिरमा तपाईको भागभंगी हेर्दा पार्टीमै भित्रिएझै देखिन्छ नि? थप प्रश्नमा उनले थपे, ‘लेखिदिनोस् कतिपय बेला सत्य भ्रम र भ्रम सत्य जस्तो देखिन्छ।’

प्रकाशित: २३ वैशाख २०७६ ०९:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App