८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस कार्यसमितिमा चार थपिए

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा चार जना सदस्य मनोनीत गरेका छन्।

पार्टी सभापतिसमेत रहेका दलका नेता देउवाले संसदीय दल विधानको धारा १० को उपधारा २ (ग) अनुसार बुधबार कार्यसमिति सदस्य मनोनित गरेका हुन्।

देउवाले पार्टी केन्द्रीय सदस्यसमेत रहेका डीला संग्रौला मोरङ, पार्वता डिसी चौधरी दाङका साथै उमेश श्रेष्ठ ललितपुर र देवप्रसाद तिमिल्सिना रौतहटलाई मनोनित गरेको संसदीय दलको कार्यालयले जनाएको छ।

प्रकाशित: १९ पुस २०७५ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App