१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भोलि सरकारी वकिल सम्मेलन

काठमाडौं – नयाँ अपराधसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सरकारी वकिलहरुको दोस्रो सम्मेलन काठमाडौंमा हुँदैछ। ‘वैज्ञानिक र वस्तुनिष्ठ अभियोजन, अपराधसंहिताको प्रभावकारी कार्यान्वयन’ भन्ने मूल नाराका साथ नेपालका सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलन आइतबारदेखि मंगलबारसम्म चल्नेछ।

२०७३ पुसमा पहिलो सम्मेलन भएको थियो। पहिलो सम्मेलनबाट पारित घोषणापत्रअनुसार महान्यायाधिवक्ता कार्यालय स्थापना दिवसका अवसरमा सम्मेलन हुन लागेको हो। सम्मेलनमा ३ सय बढी सरकारी वकिलको सहभागिता रहने बताइएको छ। सम्मेलनमा पर्यवेक्षकको रुपमा न्यायपालिका, नेपाल प्रहरी, नेपाल बार, मन्त्रालय, विभाग, मुख्य न्यायाधिवक्ताको कार्यालयबाट विधिविज्ञान विज्ञ सहभागी हुनेछन्।

भदौ १ बाट लागू भएको मुलुकी अपराधसंहिताको कार्यान्वयन प्रभावकारी बनाई कानुनको शासन कायम गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ। सम्मेलन सफल बनाउन महान्यायाधिवक्ताको संयोजकत्वमा दोस्रो राष्ट्रिय सम्मेलन मूल समारोह समिति गठन गरिएको छ। सहभागीलाई ५ वटा समूहमा बाँडेर कार्यपत्रमा छलफल गरिने महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए। सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ।

प्रकाशित: ७ पुस २०७५ ०१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App