२६ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एअाइजीलार्इ दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एअाइजी) मा पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरुलाई आइतबार दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच मन्त्रिपरिषदको असोज ५ गतेको निर्णय अनुसार पदाेन्नति भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। प्रहरी महानिरीक्षक खनालले प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

कार्यक्रमलार्इ सम्बाेधन गर्दै प्रहरी महानिरीक्षक खनालले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै  आफ्नो ज्ञान, सीप, क्षमताको राम्राे प्रदर्शन गर्दै महत्वपूर्ण ढंगले काम गर्न निर्देशन दिए। प्रहरी संगठनलाई हामीले चाहे जस्तो उत्कृष्ट बनाउने आफ्नो एउटै चाहना रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले यसका लागि संगठनका प्रत्येक सदस्यले संगठनप्रतिको निष्ठा र इमान्दारिता प्रदर्शन गर्दै अझै सशक्त ढंगले काम गर्नु पर्नेमा जोड दिए।

गतिशिल संगठनमा कहिलेकाँही असमाञ्जस्यता देखा परे पनि थप सुधारका साथ निरन्तर अगाडि बढनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले चुनौतिको सामना गर्दै दृढताका साथ काम गर्न निर्देशन दिए। कुनै पनि कर्मचारी कामको आधारमा मात्र नेतृत्वको नजिक हुने भएकाले राम्रो कामको लागि स्वागत गर्दै खनालले भने 'नचाहिने काम आजैबाट सर्लक्क छोडनुहोस।'

प्रकाशित: ७ आश्विन २०७५ १२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App