२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

निर्मलाको हत्यारा पत्ता लगाउन सरकारलाई चश्मा उपहार

प्रधानमन्त्रीलाई ज्ञापन–पत्रकासाथमा चश्मा उपहार पठाउँदै महिला संघकी नेतृ । तस्बिर : दमन राई/नागरिक

खोटाङ - कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाउन र कानूनी कारबाही गर्न माग गर्दै नेपाल महिला संघ खोटाङले प्रधानमन्त्रीलाई चश्मा पठाएको छ। बालिकाको बलात्कारपछि हत्या भएको लामो समय बित्दा समेत सकारले दोषी पत्ता लगाएर कारबाही गर्न नसकेको भन्दै महिला संघले आईतबार सत्य–तथ्य पत्ता लगाएर न्याय सम्पादनको माग गर्दै प्रधानमन्त्रीलाई उपहार स्वरुप एक थान चश्मा पठाएको हो।

निर्मलाको हत्या र बलात्कारको घटनाका विषयमा सत्य–तथ्य पत्ता लगाएर कानुनी कारबाही गर्नेक्रममा सरकारको ‘दृष्टिभ्रम नहोस्’ भन्ने अपेक्षा सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्रका साथमा चश्मा उपहार पठाइएको नेपाल महिला संघ खोटाङकी अध्यक्ष रामकुमारी राईले बताईन्। निर्मलाको बलात्कारपछि हत्या भएको दुई महिना बित्दा समेत सरकारले दोषी पत्ता लगाउन नसकेको संघले प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्रका साथमा चश्मा पठाएको हो। घट्ना घटेको ५९ दिन बित्दा समेत अपराधीलाई पक्राउ गरी कानूनी कठ्घरामा उभ्याउनुको सट्टा सरकारले अपराधीलाई जोगाउन जालसाजी गरेको महिला संघले अाराेप लगाएकाे छ।

‘घटनाको सत्य–तथ्य पत्ता लगाएर कारबाही गर्नुको सट्टा प्रधानमन्त्री घट्नाको संबेदलशीलता नबुझी जघन्य अपराधलाई उखान टुक्का र मजाकमा उडाएर पीडितका बुवा आमा, समाज र महिलामाथि धावा बोल्न उद्यत् रहेको हाम्रो ठम्याई छ,’ संघकी अध्यक्ष राईले भनिन्, ‘महिला अस्मितामाथि भइरहेको अपमानले समग्र देशको शिर निहुरिएको छ।’ जघन्य घट्नाका दोषी पत्ता नलाग्दा घट्नाले समग्र देशकै बेइज्जत भएको संघले जनाएको छ। निर्मलाको हत्यामा संलग्न दोषी पत्ता लगाउनुको सट्टा प्रहरीले उल्टै प्रमाण नष्ट गरेर पीडितलाई झनै पीडित बनाउने काम गरिएको अध्यक्ष राईले बताईन्।  

 

प्रकाशित: ७ आश्विन २०७५ ११:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App