७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

'भ्रष्टाचार गर्न नदिएपछि महाअभियोग लगाए'

रौतहट - कटहरिया नगरपालिकाका उपमेयर नूरजहाँ खातुनले चार करोड रुपैयाँमा चलखेल गर्न नदिएपछि आफूमाथि महाअभियोगको प्रस्ताव ल्याइएको बताएकी छन्। विहीवार विज्ञप्ति जारी गर्दै खातुनले गत आर्थिक वर्षमा खर्च हुन नसकेको करिब ४ करोड रुपैयाँ बुधबार बसेको बैठकमा तत्कालीन माओवादी निर्वाचित प्रतिनिधिहरुले आफु खुसी खर्च गर्न माग गरेको तर आफुले पहिले नगर परिषद हुनुपर्ने प्रस्ताव राखेको बताएकी छन्। खातुनले नगर परिषद् नगरीकनै गत आर्थिक वर्षको रकम खर्च गर्न नपाउने बताउँदा विवाद भएको र विवाद भएपछि आफूले कार्यपालिकाको बैठक स्थगित गरेर बाहिरिँदा आफूलाई बदनाम बनाउन प्रस्ताव ल्याइएको विज्ञप्तिमा जनाएकी छन्।

तर यता प्रतिनिधिहरुले भने गत आर्थिक वर्षमा विभिन्न ११ शिर्षकमा उपमेयर खातुनले नगरपालिकाका कर्मचारीसँग मिलेर लाखौँ भ्रष्टाचार गरेको बताउँदै आएका छन्। गत वर्षको हिसाब माग्दा नदिएपछि कार्यपालिकाको दुई तिहाई बहुमतले उपमेयरमाथि छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई पत्राचार गरेको थियो।

प्रकाशित: २१ भाद्र २०७५ १४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App