७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विदामा बस्ने जाेशीकाे निर्णय, ओमप्रकाश मिश्रले पेशी तोक्ने

काठमाडाैं- संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोक्ने भएका छन्। 

कायममुकायम प्रधानन्यायाधीश जोशीको नाम अस्वीकृत भएसँगै उनी बिदामा बस्ने भएकाले वरिष्ठतम न्यायाधीश मिश्रले आइतबारदेखि पेशी तोक्ने तयारी गरेका हुन्। सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलका अनुसार आइतबारदेखि वरिष्ठतम न्यायाधीश मिश्रले पेशी तोक्नेछन्।

यसैबीच कायममुकायम प्रधानन्यायाधीश जोशीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रका विषयमा गम्भीर प्रश्न उठेकाले स्वतन्त्र निकायबाट निष्पक्ष छानबिन गरी सत्यतथ्य पत्ता लगाइदिन सरकार र न्यायपरिषद्लाई आग्रह गरेका छन्।

उनले शनिबार एक विज्ञप्ति प्रकाशित गरी आफ्नो शैक्षिक योग्यतामाथि उठेको प्रश्नको निराकरणका लागि अनुरोध गरेका हुन्। रासस

प्रकाशित: १९ श्रावण २०७५ १६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App