७ वैशाख २०८१ शुक्रबार
राजनीति

साढे २ घण्टापछि सुरू भयाे सुनुवाई समितिको बैठक, प्रधानन्यायाधीशबारे निर्णय अाउने (अपडेट)

बैठकमा सहभागि हुन जाँदै समितिका सदस्य लक्ष्मणलाल कर्ण। तस्बिर : अशोक दाहाल

काठमाडौं- संसदीय सुनुवाई विशेष समितिको बैठक सुरू भएकाे छ। दिउँसाे साढे तीन बजेका लागि बाेलाइएकाे बैठक साढे दुर्इ घण्टापछि साँझ ६ बजे सुरू भएकाे हाे। बैठकमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलार्इ अनुमाेदन गर्ने कि नगर्ने निर्णय हुनेछ। 

...

सिंहदरबारमा समितिका सदस्यहरु अनौपचारिक छलफलमा रहेका छन्। समितिका सदस्यहरु छलफलमा रहेको तर औपचारिक बैठक सुरु भइनसकेको संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले बताए।

आजको बैठकले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय गर्दै छ। समितिका दुईतिहाइ सदस्यले अनुमोदन गरेमात्र उनको नाम प्रधानन्यायाधीशको लागि स्वीकृत हुने छ। समितिमा १५ सदस्य छन्। जोशीको संसदीय सुनुवाइपछि समितिका दुई बैठक स्थगित भएका थिए। आइतबार ३ बजे बोलाइएको समितिको बैठक बस्दै नबसी सोमबार २ बजेसम्मका लागि स्थगित भएको थियो। सोमबार पनि बैठक स्थगित भएपछि आजको लागि बोलाइएको थियो। जोशीविरुद्ध पाँचवटा उजुरी परेका थिए।

 

 

प्रकाशित: १६ श्रावण २०७५ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App