१६ चैत्र २०८० शुक्रबार
राजनीति

‘समृद्धिका लागि पर्यटनसँगै कृषि विकास आवश्यक’

पोखरा– प्रदेश नम्बर ४. का सांसद राजीव पहारीले कृषि र पर्यटनलाई संगै लानुपर्ने बताएका छन्। पोखराको पामेमा पोखरा पर्यटन परिषदले ‘पर्यटन सबै मौसमका लागि’ भन्ने नाराका साथ आयोजना गरिएको रोपाई महोत्सवमा पहारीले सरकारले ल्याएको समृद्धिको अभियानलाई सफल पार्न कृषि संगै पर्यटन र पर्यटन संगै कृषि लानुपर्ने बताए। यसो हुँदा कृषि र पर्यटनमा एकले अर्कालाई टेवा पुग्ने बताए।

२२ भन्दा बढी देश देशबाट आएका अन्तर्राष्ट्रिय पर्यटक, उल्लेखनीय मात्रामा उपस्थित भएका आन्तरिक पर्यटक, र स्थानीयहरुको उपस्थित रहेको रोपाइ महोत्सवमा पहारीले स्थानीय र अर्गानिक कृषि खाद्य उत्पादन गरि पर्यटकलाई उपभोग गर्न सके स्थानीय कृषकको पनि आय वृद्धि हुने र पर्यटन क्षेत्रको पनि विकास हुने धारणा राखे। पहारीले नेपालमा कृषि पर्यटनको सम्भावना भएको बताए।

महोत्सवमा अन्तर्राष्ट्रिय एवम् आन्तरिक पर्यटकले हिलो छेप्दै, धान रोप्दै, असारे गीतमा नाच्दै रमाएका थिए। नेपाली किसानलाई मानो रोपेर मुरी उब्जाउने चटारो भएपनि नेपालको रोपाइ संस्कृतिका बारेमा पर्यटकलाई जानकारी गराउदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष एवम् पर्यटन व्यवसायी भरत पराजुलीले जानकारी दिए।

प्रकाशित: १६ असार २०७५ ११:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App