१६ चैत्र २०८० शुक्रबार
राजनीति

किड्नी फेरेर पनि २० घन्टा काम गर्दैछुः प्रधानमन्त्री ओली

हेटौंडा– प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउछु भनेर नै अस्वस्थताका बावजुद दैनिक अठार बीस घन्टा काम गरिरहेको बताएका छन्।

सोमवार ३ नं प्रदेश सभालाई विशेष सम्बोधन गर्दै प्रधानमनत्री ओलीले भने, ‘११ वर्ष भयो मैले किड्नी फेरेको। बुढो पनि भइसके। सबै पाटपुर्जा फेरेको जस्तो छु। तैपनि बीस घन्टा खटिएको छु । हिजो पनि २ बजे सुतेको, अस्ती पनि २ बजे राती सुतेको हुँ।’

‘पूर्व प्रधानमन्त्रीको सूचीमा मेरो फोटो अगाडि नै झुन्डिइसकेको छ। अब त्यहाँ मेरो नयाँ फोटो राख्ने पनि हैन, त्यसैले काम गर्छ’ प्रधानमन्त्री ओलीले भने, ’आरामदायी जिन्दगी विताउन सक्थे । मुलुक बनाउँछु भनेर नै म खटिएको हुँ। हामी हरेकका काम गर्ने भावना चाहियो।’

प्रकाशित: २१ जेष्ठ २०७५ ०८:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App