देशका विभिन्न स्थानबाट लागूऔषध सहित प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ।
मोरङ, बिराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३२ ग्राम सहित भारत घर भएका २९ वर्षीय मसुल अंसारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सुनसरी, ईनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम २ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-६ बस्ने २६ वर्षीय ख्याम बहादुर देवान लिम्बु र २७ वर्षीय शौरभ कटुवाल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले प्र.१-०२-०४९ प ५७०२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय रंजित चौधरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सिराहा, गोलबजार नगरपालिका-४ निपाने टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित सोही नगरपालिका-५ बस्ने २५ वर्षीय अनिल चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने ३३ वर्षीय बलिराम महतोले बेच्नको लागि पठाएको भनि खुल्न आएपश्चात लहान नगरपालिका-१ भाईरलबाबा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम २ सय ५० मिलिग्राम सहित बलिरामलाई पक्राउ गरेको छ।
नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१२ बाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ हजार ७ एम्पुल, डाइजेपाम ९ सय १० एम्पुल र फेनारगन ७ सय ३३ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बडसारे बस्ने २६ वर्षीय सुनिल कुमार यादव र ३५ वर्षीय जितेन्द्र जैसवाल रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले युपि ५६ एएक्स ८१०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
साथै, थप अनुसन्धानको क्रममा रामग्राम नगरपालिका-१७ देवगाउँ बस्ने ४९ वर्षीय लक्कीचन्द केवटको घरबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३ सय ३९ एम्पुल, डाइजेपाम ६ सय ३४ एम्पुल र फेनारगन ७ सय ८ एम्पुल फेला पारी लक्कीचन्दलाई समेत प्रहरीले पक्राउ गरेको छ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय हर्ष सिंह ठकुरी र २२ वर्षीय तुला नेपाली रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बाँके, कोहलपुर नगरपालिका-२ बर्दहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय सत्य नारायण थारू समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ।
रूकुम पुर्व, भुमे गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने २४ वर्षीय साहस पुन र २५ वर्षीय सुन्दर रोका रहेका छन्। जिल्ला प्रहरी कार्यालय रूकुम पुर्वबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: १० चैत्र २०८२ १५:३४ मंगलबार





