नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ आज औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएको छ। पछिल्लो समय उनले स्थापना गरेको ‘मातृभूमि जागरण अभियान नेपाल’ लाई पार्टीमा समायोजन गर्न लागिएको हो। बुधबार दिउँसो राष्ट्रिय सभा गृहमा आयोजना हुने बृहत् पार्टी समायोजन कार्यक्रम मार्फत रावलले नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दैछन्।
समायोजन कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधव कुमार नेपाल, मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल लगाएतको उपस्थिती हुने भएको छ।
नेपाली कम्युनिष्ट आन्दोलनमा एकताको नयाँ सन्देश दिने उद्देश्यले यो समायोजन हुन लागेको बताईएको छ।
प्रकाशित: २६ कार्तिक २०८२ ०९:१७ बुधबार


-600x400.jpg)


