मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको पदभार कार्यक्रमको रिर्पोटिङका क्रममा नागरिकर्मी सुरेन्द्र यादव घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ।
जनकपुरमा रहेको मुख्यमन्त्रीको कार्यालयमा यादवले पदभार ग्रहण गर्ने कार्यक्रम रहेपनि कार्यालय बाहिर नेकपा (एमाले) बाहेकका सात दलले प्रदर्शन गरेका थिए। सोक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।
प्रहरीले लाठीचार्ज गर्दा भएको धरपकडमा नागरिककर्मी यादवको टाउकोमा चोट लागेको हो। उनलाई तत्काल टाँका लगाउनु पर्ने अवस्था रहेको चिकित्सकले बताएका छन् ।
दलहरुको प्रदर्शनका कारण मधेस भवन क्षेत्र अहिले तनावपूर्ण छ ।

प्रकाशित: २५ कार्तिक २०८२ १८:२३ मंगलबार





