१८ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

त्रिवि उपकुलपतिका लागि गुरुङ, केसी र अर्यालको नाम सिफारिस

त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिका लागि गठित छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त नेतृत्वको समितिले आइतबार टुंगो लगाएका तीन जनाको नाम विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको हो।

समितिले प्रधानमन्त्रीसमक्ष प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा.डा. खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको मन्त्रालयका एक उच्च स्रोतले पुष्टि गरेको छ।

अब प्रधानमन्त्री ओलीले सिफारिस भएका यी तीनमध्ये एक जनालाई त्रिविको नयाँ उपकुलपतिमा नियुक्त गर्नेछन्।

चार वर्षे कार्यकालका लागि नियुक्त भएका निवर्तमान उपकुलपति केशरजंग बरालले १३ महिनामै गत चैत १५ गते राजीनामा दिएपछि त्रिविमा नयाँ उपकुलपतिको खोजी सुरु भएको थियो।

उनको राजीनामापछि हालसम्म शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आएका छन्। सिफारिसमा परेका केसी निमित्त उपकुलपति समेत हुन्।

कुलपति ओलीले गत जेठ ६ गते शिक्षामन्त्री पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए।

समितिले १२ जना आवेदकको मूल्याङ्कन गरी अन्ततः तीन जनाको नाम टुङ्ग्याएर प्रधानमन्त्रीलाई बुझाएको हो।

यस पटक उपकुलपति छनोटका लागि खुला आवेदन मागिएको थिएन, बरु समितिले नै सम्भावित उम्मेदवारहरूसँग छलफल गरी नाम सिफारिस गरेको हो।

निवर्तमान उपकुलपति बरालको कार्यकाल तालाबन्दी र आन्दोलनका कारण प्रायः तनावग्रस्त बनेको थियो।

प्रकाशित: २३ असार २०८२ १६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App