१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

आलमलाई सफाइ दिने न्यायाधीशद्वय थारु र महर्जनविरुद्ध तत्काल महाभियोग लगाउन सांसद साहको माग

सांसद किरण कुमार साहले अफताब आलमलाई सफाइ दिने न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्थनमाथि तत्काल महाभियोग लगाउन माग गरेका छन्। सोमबार (आज) बसेको संसद् बैठकमा बोल्दै सांसद साहले थारु र महर्जनमाथि महाभियोगको माग गरेका हुन्।

'रौतहटमा जिउँदै इटाभट्टा जलाएर मारिएको जघन्य घटनामा दोषी ठहर भएका अफताब आलमलाई उच्च अदालतको कार्यालय वीरगञ्जले सफाइ दिएको छ। उक्त फैसला जिल्ला अदालतको जन्मकैदको फैसला उल्टाउने खालको छ। अहिले मिडिया र जनमानसमा यो निर्णयलाई राजनीतिक संरक्षणको परिणामको रूपमा व्याख्या गरिएको छ। यदि सरकार साँच्चै स्वतन्त्र न्यायापालिका चाहन्छ र कुनै राजनीतिक संरक्षण नभएको प्रमाणित गर्न चाहन्छ भने सो फैसला सुनाउने उच्च अदालतका न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाभियोग प्रक्रिया अगाडि बढाउनुपर्छ,' उनले भने।

यदि त्यसो नभए उनीहरूलाई सरकारले नै संरक्षण प्रदान गरिरहेको ठहर हुने उनले बताएका छन्। 'यदि यस्तो कदम चालिँदैन भने गठबन्धन सरकारले नै अफताब आलमलाई उपहारस्वरूप सफाइ दिएको भन्ने सन्देश जान्छ। यस्तो अवस्थामा लोकतन्त्र र न्याय प्रणाली गम्भीर अपमान हो,' उनले भने। यस्तै साहले राजनीतिक भागबन्डामा न्यायाधीशको नियुक्ति तत्काल रोक्नसमेत आग्रह गरेका छन्। 

जिउँदै जलाएर व्यक्ति हत्या गरेको आरोप लागेका आलमलाई थारु र महर्जनले गत जेठ १४ गते सफाइ दिएका थिए। आलममाथि २०७६ साल असोजमा व्यक्ति हत्या गरेको आरोप लागेको थियो। संविधान सभाको निर्वाचनको अघिल्लो राति २०६४ चैत २७ गते रौतहटको राजपुरस्थित इँटाभट्टामा त्रिलोकप्रताप सिंह, ओशी अख्तरसहित घाइतेलाई जिउँदै जलाएर हत्या गरेको आरोप आलममाथि थियो। घटनाको १२ वर्षपछि उनी पक्राउ परेका थिए। तर, सफाइ पाए।

नेपाली कांग्रेससम्बद्ध आलाम पूर्वमन्त्री तथा सांसद हुन्। 

प्रकाशित: २३ असार २०८२ १६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App