२९ असार २०८२ आइतबार
image/svg+xml
राजनीति

अशोक यादव भन्छन्- भ्रष्टाचार र बेथितिविरुद्ध बोल्दा राज्यले अपराधी ठान्छ भने मृत्युदण्ड पनि स्वीकार्छु

जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवले आफू फरार नरहेको प्रष्टोक्ति दिएका छन्। जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई धम्की दिएपछि फरार रहेका भनिएका यादवले आइतबार (आज) भिडिओमार्फत आफू फरार नरहेको बताएका हुन्।

उनले आफू छोराको उपचारका लागि अस्पतालमा रहेको बताएका छन्। ‘म फरार छैन। जानकारी होस्, म डराउँदिनँ। प्रहरी डाका शैलीमा मेरो घरमा आएर मेरो छोरालाई कुटपिट गरी घायल बनाएर मरणासन्न बनाएको छ। घाँटीको नसा पनि फाटिसकेको छ। उसलाई लगेर इलाज गर्न गएको छु,’ उनले भनेका छन्। उनले राति १२ बजेतिर आफ्नो घरमा प्रहरी आएर छोरालाई कुटपिट गरेको आरोप लगाएका छन्।

यादवले आफूले मधेसमा भइरहेको बेथिति, भ्रष्टाचार र लुटतन्त्रको विरोधमा आवाज उठाउँदै आएको र त्यसकै क्रममा यसपटक घटना घटेको बताएका छन्। ‘यतिकैमा राज्यले मलाई अपराधी ठानी मुद्दा चलाउँछ भने म सयवटा मुद्दा झेल्न तयार छु। तर, म सधैँ निमुखा मधेसी जनताका लागि लड्छु र आवाज उठाउँदै रहन्छु,’ उनले भनेका छन्,’मृत्युदण्ड दिए पनि स्वीकार्छु तर, मधेसी मधेसी जनताको अधिकारका लागि सधैँ लड्नेछु।‘

यादविरुद्ध गत असार २० गते पक्राउ पुर्जी जारी भएको छ।

प्रकाशित: २२ असार २०८२ १८:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App