नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले पार्टीमा निषेधको निषेध लागू हुन नसक्ने बताएका छन्। 'पार्टीमा निषेधको निषेध लागू हुनै सक्दैन,' आइतबार (आज) साँझ बाँस्कोटाले सामाजिक सञ्जाल फेसबूका लेखेका छन्।
उनी अगाडि लेख्छन्, 'मेरो भनाइ यति छ- केही बाँकी राखेर बोल, ताकि मतान्तर बीच मुस्कुराउँदै सँगै यात्रा गर्न सकियोस्। ०३९-४५,०४७-४९,०५२-५४,०५८-५९,०६५, ७१ र ०७७-७८ मध्ये एउटा नजिकबाट हेरियो, सुनियो। अरुमा संलग्न भइयो/भोगियो। को कस्ता थिए, कता थिए र छन् ? त्यो पनि थाहै छ।'
पार्टीमा पूर्वराष्ट्रपति विद्या भण्डारीको पुनरागमनसँगै गुट छुटिएको चर्चाका बीच बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन्। बाँस्कोटा पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउनुपर्छ भन्ने मान्यता राख्नेमध्येका नेता हुन्।
प्रकाशित: २२ असार २०८२ १८:३१ आइतबार


-600x400.jpg)


