१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

अहिलेको गठबन्धनलाई नै अगाडि बढाउनुपर्छ: प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्राप्त उपलब्धि र अधिकार रक्षाका लागि कांग्रेस पार्टीलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो धारणा राख्ने क्रममा उनले कांग्रेसको सङ्गठनलाई बलियो बनाए मात्रै हालसम्मका सङ्घर्षबाट प्राप्त उपलब्धि र अधिकार संस्थागत हुने बताए ।

'पार्टीको संगठन राम्रो बनाउनेमा लाग्नुपर्छ । कांग्रेस वेल मेनेज भयो भने प्राप्त उपलब्धिहरू, अधिकारहरू बिस्तारै संस्थागत हुन्छन् । एकले अर्कोको दोष देख्ने प्रवृत्तिले संगठन बलियो हुँदैन,'  सिंहले भने ।

कांग्रेसको मूल नीतिमा रहेर समयअनुसार पार्टीको रणनीति बनाउनुपर्ने पनि धारणा राख्दै कांग्रेस नेता सिंहले पार्टीको महाधिवेशनको मिति नजिक आइसकेकाले महाधिवेशनका लागि आवश्यक जे प्रकियाहरू छन् छिटै पूरा गर्नुपर्ने उल्लेख गरे ।

वर्तमान सरकारमा कांग्रेसको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले सरकारमा रहेर चाहनाअनुसार काम गरिरहेको भन्दै आफूले सम्हालेको मन्त्रालयबाट भएका नीतिगत र विकासका कामबारे बैठकलाई जानकारी दिएका थिए।

'जनताको चाहना पूरा गर्न राजनीति स्थिरता जरुरी छ । राजनीतिक स्थिरताविना आर्थिक समृद्धि र विकासको जनचाहना पूरा हुन सम्भव नै छैन,' नेता सिंहले भने,'हाम्रो सभापतिजीले राजनीतिक स्थिरताका लागि ७ बुँदे सहमति गरेर जुन गठबन्धन बनेको छ । त्यसलाई नै अगाडि बढाउनुपर्छ ।'

प्रकाशित: २२ असार २०८२ १८:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App