४ श्रावण २०८२ आइतबार
image/svg+xml
राजनीति

धरती र जीवन दुवैमा शान्ति छाओस्: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत धरती र जीवन दुवैमा शान्ति छाओस् भन्ने कामना व्यक्त गर्दै हरिशयनी एकादशीको शुभकामना दिएका हुन्।

“आज हरिशयनी एकादशी, तुलसी रोपण गर्ने दिन । आजको दिन शरीरलाई विषादीमुक्त गर्ने, मनसुद्दी गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने प्रतीकात्मक दिन पनि हो । कम भोजन, ध्यान र उपवासले मानिसलाई शान्त मनोभावमा राख्ने पनि परम्परागत विश्वास रही आएको छ”, प्रधानमन्त्रीले लेखेका छन्। 

आज आषाढ शुक्ल एकादशीका दिन भएकाले घरघरमा तुलसीको बिरुवा सार्ने गरिन्छ ।  

प्रकाशित: २२ असार २०८२ ११:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App