२० माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक: निर्वाचनमा युवालाई २० प्रतिशत अनिवार्य गर्नुपर्ने प्रस्ताव

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा निर्वाचन लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताएकी छन् । केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनले केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेश अधिवेशनमा  भाग लिन पाउने तर चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताइन् । प्रदेश प्रतिनिधिहरू नै प्रदेश कार्यसमितिमा आउनुपर्ने उनको धारणा छ । 

यस्तै थपलियाले पार्टीमा युवा प्रतिनिधित्व बढाउन पनि माग गरिन् । त्यसका लागि पार्टी केन्द्रीय समिति, संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीबाट उम्मेदवार छान्दा ४० वर्ष मुनिका २० प्रतिशत युवा अनिवार्य गर्नुपर्ने उनले बताइन्। 

यस्तै थपलियाले पार्टीको वडा कार्यसमितिलाई मजबुत बनाउन केन्द्रले छुट्टै कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएकी छन् । 

प्रकाशित: १९ असार २०८२ १८:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App